Logo

भारतको छत्तीसगढ राज्यमा भएको पिकअप ट्रक दुर्घटनामा १५ मजदुरको मृत्यु



काठमाडौं, जेठ ८ । भारतको छत्तीसगढ राज्यको कावर्धा जिल्लाको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ ।

पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए । कुकदुर थाना क्षेत्रमा भएको उक्त दुर्घटनामा १४ महिला र एक पुरुषसहित १५ जनाको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका आठ जनालाई उपचारका लागि अस्पताल लगिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्