Logo

नेपाल टी-२० : लुम्बिनीले जनकपुरलाई दियो १७९ को लक्ष्य



काठमाडौं, १९ पुष । नेपाल टी-२० लिग अन्तर्गत आज भइरहेको दोस्रो खेलमा लुम्बिनी अल स्टारले जितका लागि जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ। लुम्बिनीले पूरै २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन जोडेको थियो।

लुम्बिनीका लागि हरमीत सिंहले ४७ बल खेल्दै ७३ रन जोडेभने लाहीरु मिलान्ल्थाले ३२ बलमा ३३ रन जोडे। यस्तै, जनकपुर रोयल्सका सारफुद्दिन आशिर्फले ३ विकेट लिए। लुम्बिनीले टस जितेर ब्याटिङ् रोजेको थियो।



प्रतिक्रिया दिनुहोस्