Logo

राजस्व छलीमा मुद्दा दायर



काठमाडौं, पुस २०। राजस्व अनुसन्धान विभाग ललितपुरले ललितपुर महानगरपालिका–११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा पेस गरेको अभियोगपत्रमा महर्जनविरुद्ध छ करोड १७ लाख ९२ हजार रुपियाँ बिगो दाबीसहित हदैसम्मको कानुनी सजायको माग गरिएको छ ।

महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बीजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गर्ने गरेको र सोअनुसार सरकारलाई तिनुपर्ने कर नतिरी राजस्व चुहावट गरेको अभियोग विभागले लगाएको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि उच्च अदालत तुलसीपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको विभागले जनाएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ बस्ने पुनित बानियाँले सिद्धार्थनगर गल्लामण्डीमा रहेको सुमित एन्ड स्वयता ट्रेडर्समार्पmत राजस्व अपचलन गर्ने गरेको अभियोगमा ३३ करोड तीन लाख पचास हजार रुपियाँ बिगोदाबीसहित मुद्दा दायर गरिएको छ ।

अभियोगपत्रअनुसार बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सोबमोजिमको करयोग्य आयमा लाग्ने कर रकमसमेत सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरेको उल्लेख छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot