Logo

खोलापछि चुनढुंगा खानी कब्जामा



काठमाडौं, पुस २०। नेपालमा ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । यसमध्ये क्लिंकर (चुनुढुंगा) मा आधारित सिमेन्ट उद्योगको संख्या २१ छ । तर, खानी तथा भुगर्भ विभागमा १ सय ७७ क्लिंकर खानी दर्ता भएका छन् । पूर्वको धनकुटादेखि सुदुरपश्चिमको बैतडीसम्म अधिकांश राम्रा खानी दार्ता भइसकेका छन् ।

उद्योगी व्यवसायीले क्लिंकर वा सिमेन्ट उद्योग खोल्न यी खानी दर्ता गरेका होइनन् । आगामी दिनमा यस्ता खानीको महत्व देखेर व्यवसायीले पहिले नै दर्ता गराएर आफ्नो कब्जामा पारेका हुन् ।

यसरी क्लिंकर खानी होल्ड गर्ने उद्योगीहरुमा प्रभावशाली व्यावसायिक घराना बढि छन् । खानी ‘होल्ड’ गर्ने व्यावसायीले कतै कम्पनीका नाउँमा त कतै व्यत्तिःकै नाउँमा दर्ता गरेको विभागका एक अधिकारीले बताए ।
आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्