काठमाडौं, पुस २०। पछिल्लो चार दिनदेखि मधेश प्रदेशका जिल्लामा शीतलहरसँगै बढेको चिसोले जनजीवन थप कष्टकर बनेको छ। प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा शीतलहरसँगै पश्चिमी हावाले जनजीवन थप कष्टकर बनेको हो।
चिसोका कारण विपन्न दलित समुदाय आगो ताप्न दाउरा र जीउमा न्यानो लुगा नहुँदा समस्यामा परेका छन्। शितलहरका कारण मुसहर समुदायका वृद्धवृद्धा र बालबालिकालाई निकै सकस थपिएको छ। चिसो बढेसँगै दिनहुँ मजदुरी गरेर खाने, ठेला र रिक्सा चलाउनेहरु थप समस्यामा परेका छन् ।