Logo

१२ दिनभित्रै भारतमा तेस्रो रुसी व्यक्तिको मृत्यु



एजेन्सी । भारतको ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ। पछिल्लो १२ दिनमा ओडिशामा मृत्यु हुने उनी रुसका तेस्रो नागरिक हुन्। प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन। यसअघि पनि एक सांसदसहित दुई जनाको मृत्यु पनि रहस्य रहेको थियो।

ओडिशा प्रहरीले मंगलबार एक रुसी व्यक्तिको शव फेला पारेको बताएको छ, जसको पहिचान मिल्याकोभ सर्गेईको रुपमा भएको छ।जगतसिंहपुर जिल्लाको पारद्वीप बन्दरगाहमा रहेको एक जहाजमा यी व्यक्तिको शव भेटिएको हो। ५१ वर्षिया सर्गेइ एमबी अलदनाह इन्जिनियर थिए।

यो जहाज मुम्बईबाट पारादीप बन्दरगाह हुँदै बंगलादेशको चटगाउँ बन्दरगाह जाँदै थियो। रुसी इन्जिनियरको मृत्यु भएको पुष्टि गर्दै पारादीप पोर्ट ट्रष्टका अध्यक्ष पीएल हरानन्दले यस विषयमा अनुसन्धान भइरहेको बताए।

यसअघि डिसेम्बरको अन्तिम दिनमा ओडिशाको रायगडा सहरमा दुई रुसी पर्यटकको रहस्यमय मृत्यु भएको थियो। यी व्यक्तिहरूमध्ये एक सांसद पावेल एन्टोनोभ (६५ वर्ष) थिए, जो रुसी राष्ट्रपति पुटिनको आलोचक मानिन्छन्।

डिसेम्बर २४ मा होटलको तेस्रो तलाबाट खसेर उनको मृत्यु भएको थियो। पावेल एन्टोनोभको मृत्यु हुनुभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको २२ डिसेम्बरमा मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot