Logo

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन



काठमाडौँ,२० पुष । मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो ।

मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए । एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएका थिए ।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot