काठमाडौं, २० पुष । रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् । मगर आज माओवादी केन्द्रमा फर्किएका हुन् । मगरलाई माओवादीमै फर्काउनको लागि उपमहासचिव वर्षमान पुनले भूमिका खेलेका हुन् ।
उनकै आग्रहमा मगर आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट खादा लगाएर पुनः पार्टीमा सक्रिय भएका हुन् । सो क्रममा अध्यक्ष दाहालले अझै सक्रिय भए पार्टीमा लाग्न आग्रह गरेका छन् । र, जनताका आवाजलाई सशक्त रुपमा उठाउन निर्देशन दिएका छन् ।