Logo

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल



काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।

सो भेटवार्तामा प्रधानमन्त्री दाहालले विश्वासको मत दिन अध्यक्ष नेपालसँग आग्रह गरेको बुझिएको छ । यसअघि पनि प्रधानमन्त्री दाहालले माधव नेपालको दललाई सरकारमा सहभागी हन आग्रह गरेका थिए । माधव नेपालले भने अहिले नै सरकारमा सहभागी नहुने बताउँदै आएका छन् ।

विश्वासको मत दिनेबारे भने पुष २६ गते नै निर्णय लिने नेपालको भनाई छ । प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सत्ता गठबन्धनमा सहभागी हुन गरेको आग्रहलाई नेपालले सकारात्मक रुपमा लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot