Logo

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह



काठमाडौँ,२० पुष । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको हो ।

शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित भएको हो । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उनि सर्वसम्मत चयन भएको घोषणा गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot