Logo

प्रचण्डको भर पर्दा हातको सत्ता गुम्यो : प्रवक्ता महत



काठमाडौं, २० पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आफूहरुले अन्य कतै वैकल्पिक समर्थन नजुटाएर सिधैं प्रचण्डको भरपर्दा कांग्रेसको हातबाट सत्ता गुमेको आशय व्यक्त गरेका छन्।

उनले आज नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कहिँकतै हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फपनि हामीले यसलाई प्राथमिकतामा राखेनौं। त्यो अवस्थामा यो गठबन्धन तोड्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली कांग्रेस पार्टी दोषी छैन। नेतृत्व प्रचण्डजीलाई दिएर यो गठबन्धन बचाउँने बारेमा हामीले छलफल गरेर त्यो निष्कर्ष पुग्न, त्यो विकल्पमा पनि जानेकि भन्ने एउटा निर्णयमा पुग्ने समय प्राप्त हामीलाई भएन।’

यस्तै प्रवक्ता महतले हालको सत्तागठबन्धन कुनै विचारधारा र केही नमिलेको भन्दै भने, ‘त्यसमा राजतन्त्र चाहिनेदेखि लिएर राजतन्त्र कुनैपनि हालतमा पनि हुनुहुन्न। गणतन्त्रकै बाटोमा जानुपर्छ भन्नेदेखि लिएर संघियता चाहिन्छ-चाहिन्छ र चाहिँदै चाहिँदैन भन्नेदेखि लिएर विभिन्न प्रवृती, विभिन्न दिशातर्फ उन्मुखसाथीहरु एक ठाउँमा शुद्ध पदिय चाहानाबाट उन्मुख भएर यो गठबन्धन बनेको छ। विचारमा एकता छैन, दृष्टिकोणमा एकता छैन। भविष्यप्रतिको दृष्टिकोणमा एकता छैन।’

‘नो नट अगेन’ भन्नेहरु अहिले सत्तागठबन्धमा छन्’ 

महतले हिजो ‘नो नट अगेन’ भनेर भोटमाग्नेहरु अहिले तिनै सरकारमा सहभागी भएको बताएका छन्। पत्रकारसम्मेलन मार्फत नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यंगगर्दै प्रवक्ता महतले भने, ‘हिजो जो नो नट अगेन जस्तो नारा लिएर आउनुभाको थियो। अहिले उहाँहरुको प्रतिष्पर्धा, सत्ता र गठबन्धमा रहने हो की नरहने कुरा, कुन पद प्राप्त गरिन्छ कि गरिदैन भन्ने कुरामा सिमित भएको छ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot