काठमाडौं, पुष २० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैनिकि भेटघाटमा नै बित्ने गरेको छ । उनले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आउँदै गर्दा प्रधानमन्त्री दाहालले राजनीतिक भेटवार्तालाई तिव्रता दिन थालेका छन् ।
प्रधानमन्त्री दाहालले आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । नेपालले प्रचण्डको आग्रहलाई सकारात्मक रुपमा लिएको बताईएको छ ।
यस्तै प्रधानमन्त्री दाहालले आज नै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाट्टै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहालको पछिल्ला भेटवार्ता विश्वासको मत लिनेबारे केन्द्रित रहेको बताईएको छ । यसको अलावा उनले मन्त्रिमण्डललाई पूर्णता दिनेबारे पनि छलफल गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले छिट्टै साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी गरेको बेलामा शीर्ष नेताहरुबीच भेटवार्ता हुनुलाई सामान्य रुपमा हेरिएको छ।
प्रधानमन्त्री दाहालले यसअघि जसपाका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । हिजोमात्रै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच पनि विश्वासको मत लिनेबारे अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको बताईएको छ । यसको अलावा सरकारलाई पूर्णता दिनेबारे पनि कुराकानी भएको थियो ।