Logo

कसरी होला सचिव व्यवस्थापन?



काठमाडौं, पुस २१ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वामगठबन्धन सरकारले भविष्यमा कस्तो काम गर्न सक्ला? राम्रो या नराम्रो? यो सरकारले गर्ने सुरुवाती क्रियाकलापले सहजै अनुमान लगाउन सकिन्छ । यसका लागि कम्तीमा तीनदेखि चार साता कुर्नुपर्ने देखिन्छ । यद्यपि सरकार गठनको हनिमुन (१०० दिन) सम्म सरकारको समीक्षा गर्न कुर्नुपर्ने परम्परा छ ।

तरपनि ‘मर्निङ सोज द डे’ भनेजस्तै यो सरकारले अबका तीन सातामा गर्ने गतिविधिले सरकारले देश र जनताको हितमा काम गर्न सक्छ कि सक्दैन? भन्नेबारेमा प्रारम्भिक आँकलन गर्न सकिने विज्ञले बताएका छन् । सो समयसम्म सरकारले विश्वासको मत लिइसकेको हुनेछ र सम्भवत सबै मन्त्रालयमा मन्त्रीसमेत आइसक्ने भएकाले सरकारले गतिसमेत लिएको हुनेछ । अहिले भने आठ सदस्यीय मन्त्रीमण्डमा तीनजना उपप्रधानमन्त्रीलाई मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाँकी चारजना मन्त्रीलाई कुनै जिम्मेवारी दिइएको छैन । प्रधानमन्त्री ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रालय र विभिन्न आयोग तथा निकायको प्रशासनिक नेतृत्वका रूपमा रहेका सचिवरूसँग छलफल मात्रै गरेनन् कि उनले सचिवहरूलाई जनताका हरेक समस्यालाई सहजै समाधान गर्ने किसिमले अघि बढ्नसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले सचिवहरूलाई सेवा प्रवाह प्रभावकारी बनाउन र सुशासन कायम गर्नसमेत भने ।

प्रधानमन्त्रीले यसरी सुरुमा नै सचिवहरूसँग दुई दिन लगातार गरेको छलफलको विशेष अर्थ रहने र यसले सकारात्मक परिणाम ल्याउनुपर्ने विज्ञहरूको सुझाव छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्