काठमाडौं, पुस २१ । सत्ता साझेदार दलहरुले आज सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। बुधबार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो।
बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठनलगायत मुलुकको समसामयिक राजनीतिक र सामाजिक विषयमा समेत छलफल भएको थियो।