Logo

डेन्टल हाइजेनिष्टहरुद्वारा डेन्टल एक्सपो वहिष्कार



काठमाडौं, पुस २१ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन एवं नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसनले डेन्टल एक्स्पोमा सहभागीता नजनाउने भएका छन् ।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन एवं नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसनले संयुक्त विज्ञप्ति निकाल्दै एक्स्पोमा सहभागी नहुने जनाएका छन् । नेपाल डेन्टल सप्लायर्स संघको आयोजनामा यहि पुस २२ देखि २४ गते सम्म डेन्टल एक्स्पो हुन लागेको छ ।

सार्वजनिक विज्ञप्तिमा दन्त स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको अवमूल्यन गरेको भन्दै दुवै एसोसिएसनले एक्स्पो बहिस्कार गर्न भनेका छन्।

एक्स्पोमा आयोजकले नेपाल डेन्टल एसोसिएसनलाई मात्र सहभागी गराएको भन्दै उनीहरुले बहिस्कार गर्ने निर्णय गरेका हुन् । देशभरी मा करीव २ हजार ३ सय डेन्टल हाइजिनिस्ट छन ।



प्रतिक्रिया दिनुहोस्