Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन उपेन्द्रलाई देउवाको आग्रह



काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा हाल भाडामा बसेको धुम्बाराहीको घरमा यादव भेट्न पुगेको उच्च स्रोतको दाबी छ । सो भेटवार्तामा देउवाले यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन आग्रह गरेका छन् ।

दुई नेताबीच करिब डेढ घण्टा भेटवार्ता भएको हो । यादवको पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको छ । तर, सरकारमा भने उसले अहिलेसम्म सहभागिता जनाएको छैन् । पछिल्लो समय कांग्रेस सभापति देउवा प्रचण्ड नेतृत्वको गठबन्धनलाई भत्काउन चाहन्छन् । उनले यसै प्रयोजनको लागि आज भेटवार्ता गरेको खुलेको छ ।

देउवा कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी) र साना दलको छुट्टै मोर्चा बनाउन लागिपरेका छन् । देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासका मत नदिन गरेको आग्रहमा यादवले ठोस जवाफ नदिएको बुझिएको छ । तर, यादव प्रचण्ड नेतृत्वको गठबन्धनप्रति त्यति सन्तुष्ट छैनन् । यो बीचमा यादवले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको पहल थालेका छन् । दुई दलबीच एकता भए संसद्मा २२ सिटसहित तेस्रो निर्णायक शक्ति हुने यादवको विश्वासको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot