Logo

साना दलको समर्थन पाउन भोलिसम्म ‘न्यूनतम साझा कार्यक्रम’



काठमाडौं, २१ पुष । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको भोलिसम्म ल्याउने तयारी गरेका छन्। सरकारमा नरहेका एकीकृत समाजवादीलगायतका अन्य दलहरुले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम हेरेर गुण र दोषको आधारमा मात्रै सरकारलाई समर्थन गर्ने वा प्रतिपक्षमा बस्ने निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनलाई जतिसक्दो चाँडो सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारीमा लागेका छन्। प्रधानमन्त्री प्रचण्डले हिजोअस्ति भेटेका साना दलहरुलाई सरकारमा आउन आग्रह गर्दै उनीहरुका एजेन्डापनि न्यूनतम साझा कार्यक्रममा समेट्ने आश्वासन दिएका थिए।

पुष १४ गते बसेको सत्ता साझेदार दलहरुको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भनेता पनि प्रधानमन्त्री विश्वासको मतका लागि सानादलहरु रिछाउन लागेपछि ढिलाइ हुन पुगेको थियो।

हिजो मात्रै बालुवाटारमा बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले बताएका थिए। उनका अनुसार बिहिबारसम्म मस्यौदा तयारगरि शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी रहेको छ।

गृहमन्त्री लामिछानेका अनुसार भ्रष्टाचार र महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी छ।

यस्तै, सुशासन, राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार, समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका चार मुख्य एजेन्डा प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने सरकारको तयारी रहेको नेताहरूको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot