Logo

मन्त्रिपरिषद् बैठक : राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय



काठमाडौं, २१ पुष । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले आगामी माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री दाहालसँगको भेटमा पनि यही मिति सिफारिश गरेका थिए ।

एमालेबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने भन्दै राजीनामा दिएपछि उक्त रिट खाली थियो । सो रिक्त पदको लागि माघ २५ गते निर्वाचन हुन लागेको हो । यसको अलावा पुष २७ गते राष्ट्रिय एकता दिवसमा विदा दिनेबारे पनि आजको बैठकमा छलफल भएको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्