Logo

पहिलो चौमासीकमै सर्लाहीको हरिपुर नगरपालिकाको खर्च १७ करोड ७९ लाख १५ हजार



बखतियार अलि–सर्लाही,२१ पुष। सर्लाहीको हरिपुर नगरपालिकाले पहिलो चौमासीक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजलले चालु आवको पहिलो चौमासिकमा ५९ करोड १४ लाख ६४ हजार ७ सय ४४ रुपैयाँ ९४ पैसा बजेटमध्ये पहिलो चौमासिकमा १७ करोड ७९ लाख १५ हजार खर्च भएको विवरण उपस्थित हरिपुर नगरवासीहरुमा जानकारी गराएका थिए ।

कार्यक्रममा हरिपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष नानी बाबू थापाले पहिलो चौमासिकमा ५ लाखको सम्झौता भएकोमा हाल सम्म ७ लाखको सडक ढलान कार्य सम्पन्न भएको जानकारी गराए । त्यस्तै वडा नं २ का बडा अध्यक्ष निरबिक्रम थापाले पहिलो चौमासिकमा वडामा स्वीकृत भएको ३९ वटा योजनाहरुको सम्झौता हुने कार्य धमाधम भैरहेको बताए ।

वडा नं ३ का वडा अध्यक्ष लालमहमद शेखले एउटा मदरसाको निर्माण कार्य सम्पन्न भएको र बाँकी योजनाहरुको काम संचालन भैरहेको बताए । यसैगरी वडा नं ५ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जम्मा ३७ वटा योजनाहरुमा १० वटा योजनाहरु सम्पन्न भएको उनले बताए ।

वडा नं ६ को वडा अध्यक्ष प्रेमहरी श्रेष्ठले १२ वटा योजना रहेकोमा ३ वटा योजनाको सम्झौता भएको छ, ९ वटाको बाँकी रहेको जानकारी गराए । यसैगरी वडा नं ७ का वडा अध्यक्ष मनोज चौधरीले यश वडामा २५ वटा योजनाहरु संचालनमा रहेकोमा उज्यालो अभियान तथा सडक ढलानको कार्य भईरहेको जानकारी गराए।

वडा नं ८ का वडा अध्यक्ष हरिबहादुर थापाले भने २२ वटा योजना रहेकोमा २ वटा योजना सम्पन्न भएको छ र साना साना योजनाहरुको काम सम्झौता पछि सुचारू गरिने बताए।

त्यस्तै वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ रायले जन्ताको चाहना बमोजिम काम भैरहेको बताउँदै एक रुपैयाँको पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उहाले सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नु हुदै प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी हरिपुर नगर उपप्रमुख निलम देवी रायले न्यायीक समितिमा विभिन्न किसिमको जम्मा ३८ वटा उजुरी परेकोमा १२ वटाको फर्छयौट भएको तथा बाकी उजुरीहरुको छिटै फर्छयौट हुने उनले स्वागत मनत्वय राख्दै बताएकी थिईन् ।

हरिपुर नगरपालिकाका आयोजना तथा नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले बाल अक्ष्यकोषको स्थापना वडाहरुमा छ छैन, बालमैत्री सौचालय छ छैन, विधालयहरुमा आठ महिना बितिसक्दा पनि पुस्तक अभाव रहेको, पालिकामा विकास कम भ्रष्टाचार बढी हुने गरेको यसको नियन्त्रण कसले गर्ने लगायतका विभिन्न विषयमा प्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घोषण पत्रकार रामबहादुर खडकाले गर्नुभएको हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र सिंहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot