Logo

आजदेखि शालिनदीमा स्वस्थानी व्रत मेला सुरु (फोटोफिचर)



काठमाडौं, २२ पुष । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरू भएको छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरूवात हुन्छ ।विहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

यसै अवसरमा आजैदेखि शालि नदीमा एक महिनासम्म मेला लाग्छ । मेलामा महिनाभर लाखौं भक्तजनको उपस्थिति रहन्छ । शाली नदीको स्नान गरि माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्