Logo

प्रचण्ड र जगन्नाथबीच बालुवाटारमा एक घण्टा छलफल



काठमाडौं, पुस २२ । नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेटन् बालुवाटार पुगेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका खतिवडाले प्रचण्डसँग करिव एक घण्टा छलफल गरेका छन्।

भेटवार्ताबारे बोल्दै खतिवडाले समसामयिक राजनीतिक विषयमा कुराकानी भएको र भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिएर समर्थन गर्न आग्रह गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन्। सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot