Logo

सरकारको न्यूनतम साझा कार्यक्रममा जनस्तरका विषय समेट्न देशभक्त नागरिक स्वतन्त्र बुद्धिवजीवी समूदायको माग



काठमाडौं, २२ पुष । देशभक्त नागरिक स्वतन्त्र बुद्धिवजीवी समूदायले सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारको नीति तथा कार्यक्रममा जनस्तरका विषयहरु समेट्नका लागि सरोकारवालाई ध्यानाकर्षण गराएको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देशभक्त नागरिक स्वतन्त्र बुद्धिवजीवी समूदायले सरकारका न्यूनतम साझा कार्यक्रममा समेट्नुपर्ने विषयहरुको २६ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको हो ।

साथै, सरकारमा सहभागी भएका प्रमुख दलका शीर्ष नेताहरुलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने कुराहरुको सुझावसहित आफूहरुले ध्यानाकर्षण पत्र बुझाइसकिएको कार्यक्रमका प्रमुख अतिथि अनिल सिंहले बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रममा नीतिगत भ्रष्टार बजार भ्रष्टाचार र कमिशनको अन्त्यका लागि ठोस योजनका कार्यक्रम तय गर्नका लागि ध्यानाकर्षण पत्रमार्फत सरकारलाई आग्रह गरिएको छ ।

साथै, कृषि र उत्पादको क्षेत्रलाई बढवा दिने खाल्का कार्यक्रम समावेश गर्न पनि आग्रह गरिएको छ । आम सर्वसाधरणको आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी शान्ति व्यवस्थापन र स्थापनामा सरकारको ध्यान जानुपर्ने पनि ध्यानाकर्षण पत्रमा भनिएको छ ।

जनगुनासोमा आएका स्वास्थ्य, यातायात, टेलिफोन, इन्टरनेट, राहदानी मालपोत, नागरिकता र राष्ट्रिय परिचय पत्रमा देखिएका समस्यालाई न्यूनीकरणका लागिसमेत आवश्य कदम चाल्ने गरि नीति तथा कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।

स्वदेशमा उत्पादित वस्तुहरुलाई प्रोत्साहन गर्न फलफूल, तरकारी, कुखुरा लगायतका वस्तुहरु आयतलाई निरुत्साहन गर्न पनि सरकारलाई भनिएको छ ।

कर्मचारीको तलब तथा सेवा सुविधामा बृद्धि गरेर भ्रष्टाचार न्यूनीकरण गर्नसमेत सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साथै उचित दण्ड सजायको व्यवयस्थागर्न पनि भनिएको छ ।

कार्यक्रमका सभापति एवं मधेश आन्दोलनका अगुवा राजीव झाले नेपालमा सर्वसाधरणले सरकार बनायौं भन्ने अनुभूति अझै हुन नसकेको बताए ।
देशमा सरकार परिवर्तनका बेला उत्तर वा दक्षीणले बनाएको सरकार भनेर आरोप लाग्ने गरेको उनले बताए । साथै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार जनताले बनाएको सरकार हो भन्ने अनुभूति होस् भन्ने आफूहरुले चाहेको उनले बताए ।

‘हरेक सरकार बन्दा उत्तर वा दक्षीणले बनाएको सरकार भनेर आरोप लाग्ने गरेको छ । यो सरकार नेपाली जनताको सरकार हो भनेर प्रमाणित गरिदिनु हुन्छ भन्ने म आग्रह गर्न चाहान्छु,’ उनले भने ।

गाँस, बास लगायतका आधारभूत कुराहरुको जिम्मेवारी सरकारको भएको बताउँदै उनले जनस्तरका आवश्यकता सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्नुपर्नेे बताए ।

कार्यक्रममा बुद्धिजिवीहरु दिनेश खनाल, गोविन्द बोहोरा, नारायण शर्मा, अनिल सिंह र भूमिनन्द देवकोटालगायतले सरकारको नीति तथा कार्यक्रमले जनताका भावनालाई समेट्नुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot