Logo

सर्वदलीय बैठक : सभामुखको निर्वाचन माघ ७ गते गर्नेबारे सहमति



काठमाडौं, २२ पुष । प्रतिनिधिसभामा आवद्ध दलहरुको संयुक्त बैठकमा सभामुखको निर्वाचन गर्नेबारे छलफल भएको छ । आज संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुखको निर्वाचन आगामी माघ ७ गते गर्नेबारे दलहरुबीच सहमति भएको जनाईएको छ ।

संसद्को पहिलो अधिवेशन यही पुष २५ गते बस्दैछ । पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यतालिका छ । माघ २५ गतेभित्रै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी छ । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot