Logo

संसद् सञ्चालनका विषयमा छलफल भएको छ : सहायक प्रवक्ता धमला



काठमाडौं २२ पुष । प्रतिनिधिसभाका ज्येष्ठ सांसद पशुपतिशमेशर जबराले आज बोलाएको सर्वदलीय बैठकमा संसद्‍का अगामी बैठकहरुमा के कसरी अगाडि बढ्नेलगायतको विषयमा छलफल भएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमालाले बताए।

उनले भने,‘संसद्‍का अगामी बैठकहरुमा के कसरी अगाडि बढ्ने, सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म र व्यवस्था तथा परामर्श समितिको गठन नभएसम्म  बैठक संचालनका प्रक्रियाका विषयमा सामान्य छलफल भएको हो।’

संघीय संसद भवन बानेश्वरमा बसेको बैठकमा अहिलेको प्रतिनिधिसभाको नियमावलीका प्रकियाहरुलाई नै अवलम्बन गरेर जाने, दलिय प्रतिनिधित्वको आधारमा सबै दलबाट सदस्यहरुले मन्तब्य राख्ने र न्यायालयलाई आवश्यक परेका संशोधनका विषयहरुलाई छलफल गरेर मस्यौदा समिति गठन गरेर अगाडि बढाउने सबै दलको निर्णय भएको प्रवक्ता धमलाले बताए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot