काठमाडौं, २२ पुष । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले उक्त मुधामा अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।
योसँगै लामिछानेको पद यथावत रहेको छ । सो मुद्दामा सर्वोच्चले आगामी माघ ११ गते पूर्ण सुनुवाई गर्ने भएको छ ।
file photo