Logo

नेपाल पिछडा वर्ष (ओबिसी) महासंघले अध्यक्ष ठाकुरलाई गर्यो साधारण सदस्यसमेत नरहनेगरि कारबाही (भिडिओसहित)



काठमाडौं, २२ पुष । नेपाल पिछडा वर्ग (ओबिसी) महासंघले आफ्नो संस्थाको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरलाई तीन वर्षको लागि साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरेको छ। महासंघले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

सो क्रममा महासंघकी महासचिव बबिता देवीले अध्यक्ष ठाकुरले पदीय जिम्मेवारीलाई सही तवरले बहन गर्न नगरेको र निर्वाचनको क्रममा संस्थाको लोगो र झण्डा दुरुपयोग गरेको आरोप लगाईन् । सो विषयमा महासंघले सोधेको स्पष्टीकरणमा ठाकुरले समयमै जवाफ नदिएको उनको भनाई छ ।

महासंघले यही पुष १५ गते गजेन्द्र ठाकुरलाई निर्वाचनमा महासंघलाई दुरुपयोग गरेको आरोपमा स्पष्टीकरण सोधेको थियो । महासंघको यही पुष १८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले ठाकुरलाई साधारण सदस्यसमेत नरहनेगरि बर्खास्त गरेको बबिता देवीको भनाई छ ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेन्द्र प्रसाद साह, महासंघका प्रवक्ता शशिकुमार महतो, केन्द्रीय रविन्द्रकुमार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले अध्यक्ष ठाकुरले गलत काम गरेको र संस्थाको दुरुपयोग गरेको धारणा राखेका थिए ।

हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot