Logo

माधव नेपाल देउवाको डेरामा, नयाँ गठबन्धनब बनाउने कसरत



काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवाता गर्न धुम्बाराही पुगेका छन् । दुई नेताबीच सत्ता गठबन्धन टुटेपछि यो पहिलो भेटवार्ता हो ।

तत्कालिन गठबन्धन टुटाएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका ७ दल र तीन स्वतन्त्र सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका छन् । उनले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने मिति तय भएसँगै देउवाले पनि आफ्नो सक्रियता बढाएका छन् ।

देउवाले प्रचण्डलाई विश्वासको मत लिन असफल तुल्याउनेगरि रणनीति चाल चालेको चर्चा छ । यही बीचमा उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन् । आजमात्रै उनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङसँग पनि भेटवार्ता गरेका छन् ।

प्रचण्डले विश्वासको मत लिन नसके आफू ठूलो दलको नाताले प्रधानमन्त्री बन्न सक्ने देउवाको रणनीति छ । उनले राप्रपा, जसपा, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायतलाई कांग्रेसको नेतृत्वमा ल्याएर नयाँ गठबन्धन बनाउने तयारी गरेका छन् । माधव नेपालले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे कुनै निर्णय नभएको बताएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्