Logo

एमालेले आज आफ्ना नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै



काठमाडौं, पुस २३ । नेकपा (एमाले)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई दुई दिने प्रशिक्षण दिने भएको छ ।

एमाले संसदीय विभाग प्रमुख शिवमाया तुम्बाहाङफेका अनुसार नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको विषयमा सांसदलाई प्रशिक्षण दिन लागिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १ बजे संसद् भवनस्थित ल्होत्से हलमा प्रशिक्षणको उद्घाटन गर्ने उनको भनाई छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने छन् ।



प्रतिक्रिया दिनुहोस्