Logo

यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव



काठमाडौं, पुस २४। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन ।

जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन् । कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन ।

स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन् । यतिबेला जसपाम पार्टी महाविधेशन बोलाउन यादवलाई दबाब परेको छ ।

तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन् । दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नु पर्नेछैन । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्