Logo

जुम्लामा ५० करोड खर्चेर रंगशाला



जुम्ला, पुस २४ । सरकारले विकट पहाडी जिल्ला जुम्लामा ५० करोड रुपैयाँ खर्चेर सुविधायुक्त रंगशालासहित अन्य पूर्वाधार बनाउने भएको छ । स्थानीय खेलाडीको समस्या समाधान गरी उनीहरूलाई प्रोत्साहन गर्न सुविधायुक्त रंगशाला निर्माण गर्न लागिएको हो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले सदरमुकाम चन्दननाथ नगरपालिका(५ स्थित राजसिममा रंगशाला बनाउने तयारी गरेको छ । कार्यालयले रंगशालासहितको अन्य पूर्वधार बनाउन ५० करोड लगानी गर्ने भएको छ ।

रंगशाला अभावमा यहाँका खेलाडीले पर्याप्त अभ्यास गर्न पाएका छैनन् । जिल्लास्तरीय खेलकुद आयोजना गर्ने व्यवस्थित ठाउँ पनि छैन ।

सघन सहरी विकास कार्यालयका सब इन्जिनियर चन्द्रबहादुर खड्काले प्रदेशकै नमुना रंगशाला निर्माण हुन लागेको बताए । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot