Logo

सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, पुस २४ । सत्ता गठबन्धनको बैठक सिंहदरबारमा सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा जारी बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेतहारू सहभागी रहेका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने जनाइएको छ । नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ले’ पुस २६ गते मंगलबार संसदमा विश्वासको मत लिँदैछन्। आजको बैठक मुख्यत सोही विषयमा केन्द्रित रहनेछ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन्।

यस्तै, बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ। बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन्।

यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ।



प्रतिक्रिया दिनुहोस्