Logo

प्रधानमन्त्री दाहालसँग माधव र उपेन्द्रको भेटवार्ता



काठमाडौं, पुस २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न नेपाल र यादव प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादव भेटघाट गर्न पुगेका हुन् । नेपाल र यादव नेतृत्वको पार्टीबाट विश्वासको मत लिनुका साथै सरकारमा सहभागी गराउन प्रचण्ड लागि परेका छन् ।

३ वटै दलले वाम शक्तिहरु बीचको एकताका लागि कार्यदल समेत बनाएका छन् । यदि एकता हुन नसकेमा मोर्चा बनाएर तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्