काठमाडौं, २४ पुष । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुशन्धानमा सघाउन आग्रह गरेका छन् ।
सरकराले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरि घटनाबारे छानबिन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेले आग्रह गरेका हुन् ।
आफु मन्त्री भएरआएपछि दुई पटक टेलिफोन गरि धर्नामा रहेकी रुबी खानलाई मन्त्री लामिछानेले यस घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेका थिए ।
यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई सत्यतथ्य छानबसिन गरि प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । सिआईवीले विशेष टोली परिचालन गरि घटनाको अध्ययन गरिरहेको छ ।