Logo

जनमत र नागरिक उन्मुक्तिबीच मोर्चाबन्दी गर्ने १२ बुँदे सम्झौता (सहमतिसहित)



काठमाडौं, २४ पुष । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सम्झौता भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘राजनीतिक परिवेशलाई दृष्टिगत गरी राष्ट्रिय राजनीतिलाई जनमुखी र बनाउन साझा मुद्दा र साझा धारणा भएका दलहरूबीच कार्यगत एकता गर्दै अगाडि बढ्ने अठोट अनुसार हामी वैकल्पिक उदयमान राजनीतिक शक्ति जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका बीचमा आजैका मितिमा सहकार्य गर्ने सहमति भएको छ।’

‘विशेषगरि जनतासँग सरोकार राख्ने मुद्दाहरूमा सरकारलाई दबाव दिन तथा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, ओविसी, अल्पसंख्यक तथा महिलामैत्री राजनैतिक वातावरण तयार गराउन यी दुई पार्टीको बीचमा मोर्चाबन्दी गर्दै अगाडी बढ्न सहमत छौं। आगामी दिनहरूमा अन्य माग र मुद्दा मिल्ने दलहरूलाई समेत एकीकृत गर्दै दुबै दलको सहमतिमा अगाडि बढ्नका लागि हामी तयार छौं’ थप भनिएको छ ।

दुई दलबीच रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, यसअघिको सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश रहेका छन्।

हेर्नुहोस् विज्ञप्ति :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot