Logo

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी पेश



 

काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्। उनले ६० सांसद्‍को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बाहेक अरु प्रदेशसभामा रहेका सबै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको सत्ता गठबन्धनका नेताहरुले बताएका छन्।

प्रदेश १ मा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा १ जना सांसद्को उनलाई समर्थन रहेको छ।

बहुमतको सरकार गठनका लागि प्रदेश १ मा ४३ सांसद्‍को आवश्यकता पर्नेछ।

झापा-५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्यसमेत हुन्। पार्टी अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot