Logo

निजी क्षेत्रसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्छुः प्रधानमन्त्री दाहाल



काठमाडौं, पुस २५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र, पुँजीबजार, सहकारी, बीमा लगायत सबै क्षेत्रसँग समन्वय गरेर अर्थतन्त्रलाई सबलीकरण गर्दै जाने बताएका छन् ।

सोमबार ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको मर्जरपछि आयोजिक एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजीबजार र अर्थतन्त्रमा देखिएको सुधारले आम जनतामा आशा पलाएको बताए

देशमा लगानीको वातावरण बनेको र त्यसका लागि लगानीको अपिरिहार्यता रहेको बताउदै उनले अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्‍बन्धी गरिएको बताए ।

निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग हालै छलफल गरेको जनाउँदै उनले मर्जरले ठूला परियोजनामा अब वित्तिय लगानी जुटाउन सहज हुने समेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot