Logo

बढ्दो भारत-चीन सीमा तनावको भू-राजनीतिक असर



-विपिन देव

भारत-चीन सीमा विवादलाई “हट स्पट”को रूपमा व्याख्या गरिन्छ । हुनतः एसियामा “हट स्पट”हरूको कमी छैन । ताइवान, जापानको सेनकाकु टापु लगायत चीन(भारतको सीमावर्ती इलाकालाई जानकारहरूले “हट स्पट”को रूपमा व्याख्या गरेका छन् । अर्थात् “हट स्पट” भन्नाले युद्ध चर्किने ठाउ‘ बुझिन्छ । भर्खरै आप्mना अष्ट्रिया भ्रर्मणका वेलामा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरको अभिव्यक्तिलाई पश्चिमा संञ्चार गृहहरूले तरङित गरेका छन् । डा. जयशंकरले चीनलाई आर्कमकको रूपमा संज्ञा दिएका छन् । साथ साथै चीन भारत विच सीमा विवाद समाधान नहुनुन्जेल दीवपक्षिय सम्बन्ध सकारात्मक दिशामा नबढ्ने समेत उद्घोष गरेका छन् ।

भारत चीन सीमा विवादले गर्दा दक्षिण एसिया लगायत सम्पूर्ण हिन्दमहासागरीय क्षेत्र आक्रान्त देखिन्छ । भारत(चीन विच सीमा सम्झौता सन् १९५० मा भएता पनि सन् १९६२ मा चीन भारत विच युद्ध हुन गयो । सन् १९६२ पश्चात भारत चीन दौत्य सम्बन्ध संवादहीनताको छायामा पर्न गयो । सन् १९८८ मा तत्कालीन भारतका प्रधानमन्त्री राजीव गान्धीको चीन यात्राले संवादहीनताको युगलाई समाप्त गर्यो । सन् १९९३ विच भारत चीन विच सीमा सम्झौता भयो । सन् १९९५ मा त्यो सीमा सम्झौता परिर्माजीत भयो भने सन् १९९६ मा भारत चीन विच पूनः वृहत सीमा सम्झौता सम्पन्न भयो ।

पटक-पटक सम्झौतालाई प्रभावकारी र समयानुकुल बनाउ‘न दुई देशहरू विच २००३ र २००५ मा सीमा सम्वन्धी सम्झौताहरू भयो । राष्ट्रपति सीको रेशम मार्ग (बेलटन रोड)को नीतिले गर्दा भारत चीनको सम्वन्धमा चिसोपनको युग सुरु भयो । रेशम मार्ग योजना अन्र्तगत चीन पाकिस्तान कोरीडोरको भीमकायी योजनाको प्रारुप थियो । ४५ विलियत अमेरिकी डलरको उक्त योजना काश्मिरको विवादित क्षेत्रबाट जाने सडक मार्ग जाने योजनामा भारतको घोर आपत्ति थियो । अर्कातर्पm चीनसंग सीमा जोडिएका १४ मुलुकहरू मध्ये १२ वटा मुलुकहरूसंग चीनले सीमासम्वन्धी समस्यालाई समाधान गरेता पनि भारत र भुटानसंग पूर्ण रूपमा समाधान हुन सकेको थिएन । सन् २०१७ मा डोकलम विावद सुरु भयो ।

भारत चीनको सेना आमुने सामुनेमा तैनाथ भएता पनि युद्ध भएन । तर त्यही तनाब सन् २०२० मा ग्लबानमा हस्तानतरित भयो । ग्लबान घाटीको तनाब एउटा विषम अवस्थामा सुरु भएको थियो । सारा संसार कोरनाको कहरबाट छटपटाइरहेको अवस्थामा भारत चीनका सैनिकहरू एक अर्का विरुद्ध सीमामा तैनाथ रहेको अवस्था आपैmमा ह«दयविदारक थियो । वास्तमा भारत चीनको सीमा विवाद अरुणाचल क्षेत्र, हिमाचल क्षेत्र र लदाक क्षेत्रमा रहेको छ । वर्तमान अवस्थामा तवाङ्ग क्षेत्रमा भएको सैनिक भिडन्त आँफैमा र्थपूर्ण रहेको छ ।

ग्लोवल टाइम्स लगायत चीनिया सञ्चार माध्यमले उक्त घटनालाई तरङिगत बनाएका छन् । अपेक्षाकृत ग्लवान घटना भन्दा तावाङ क्षेत्रको भिडन्तलाई चीनिया सञ्चार गृहले महत्वपूर्ण ठाउ‘ दिनुका विभिन्न कारणहरू छन् । सन् १९६२ को युद्ध चीनको विजय हुदॉ हुदै पनि चीनिया सैनिकलाई पछाडि हटाउनु माओको एतिहासीक भूल भएको घारमा चीनिया कम्युनिष्ट पार्टीको ठहर रहेको छ । कोभीड पोलीसीले गर्दा चीनमा व्यापक प्रर्दशन भइरहेको छ ।

राष्ट्रपति सी राष्ट्रिय भावनालाई घरेलु राजनीति भन्दा बाह्य राजनीतिमा मुखरित गर्न सञ्चारलाई परिचालन गरेको कुरा जानकारहरूको ठहर रहेको छ । अर्का तर्पm चीनले सीमावर्ती इलाकामा तीन हजार गाउ‘ बसाल्ने योजना अगाडी बढाइरहेको छ । अरुपाचल प्रदेशको सीमावर्ती इलाकामा र्निमाधीन गाउ‘ निमार्ण भइरहेको अवस्था पछाडि सामरिक कारण रहेको भारतमा पूर्व राजदुत प्रभुदयालको रहेको छ । अर्को शब्दमा भन्ने हो भने सीमामा सैनिक परिचालन गर्न गाउ‘को आवरणमा चीनले एक किसिमले सैन्य पोष्ट बनाइरहेको अवस्था छ ।

अरुणाचलको यागसे क्षेत्र १७,००० फिटमा रहेको छ । उक्त क्षेत्रबाट भारत र चीनको १० देखि १२ किलोमिटर क्षेत्र निरीक्षण गर्ने अवस्था रहेको छ । तिब्वति धर्मालम्वीको लागि उक्त क्षेत्र महत्वपूर्ण रहेको छ । हाल उक्त क्षेत्रमा भारतीय सैनिक तैनाथ छन् । चीनीया रणनीतिलाई मत्थर बनाउ‘न भारतले पनि गुरुयोजनाका साथ अगाडि बढिरहेको छ । लदाकदेखि अरुणाचलसम्म ३३,००० किलोमिटरको रोड भारतले निर्माण गरिरहेको छ । सामरिक ढङ्गले महत्वपूर्ण संजीला र लोला टनेल समेत भारतले निर्माण गरिरहेको छ ।

चीनको आक्रमक नीतिलाई मध्य नजर गर्दै उक्त सीमा वर्ती इलाकामा हाचीमारामा भारतले रफेल नामक हवाई लडाका तैनाथ गरेका छन् । भारतलाई दवावमा राख्न चीनले हिन्दमहासागरीय क्षेत्रमा व्यापक लगानी गरेका छन् । म्यानमारको चिताकुट, बङगलादेशको चितगाउ‘, मालदीप्सको एक टापु, श्रीलङकाको हम्बनटोटा र अफ्रिकाको जीवुतमा चीनले व्यापक लगानी गरेका छन् । प्रतिउतरमा भारतले हिन्दमहासागरीय क्षेत्रमा आप्mनो अवस्थालाई अब्वल बनाउ‘न अथक प्रयास गरेको देखिन्छ । हिन्दमहासागरीय क्षेत्रमा अति आधुनिक युद्धपोत विक्रान्तलाई तैनाथ गर्नुका साथै “चीनको चेक प्वाइन्ट” मलाका स्टेटमा भारतले आप्mनो अवस्थालाई बलियो बनाएका छन् ।

चीन भारत भिडन्त हुन वित्तिकै चीनको कमजोड कडीको रूपमा रहेका मलाका स्टेटमा भारतले आप्mनो नियन्त्रण बढाउने सम्भाबना समेत रहेको छ । चीनको ८५ प्रतिशत उर्जा आयात उक्त मार्गबाट हुने गरेको छ । चीनसंग ४० देखि ४५ दिनसम्मको लागि मात्रै उर्जा भण्डार गर्ने सार्मथ्य रहेको छ । मलाकामा स्टेटमा भारतीय जल सेनाको पकड बलियो रहि आएको छ । अर्कोतर्फचीनले पनि भारतलाई दवावमा राख्न व्रहमपुत्र नदीमा आफ्नो नियन्त्रण बढाएको देखिन्छ । तर हिन्दमहासगरीय क्षेमा भारत आफ्नोसार्मथ्यलाई बढाउ‘न क्वार्डको छातामुनि अमेरिका अष्टे«लीया र जापानसंग महकार्य अगाडि बढाएको छ ।

विगतका दिनहरूमा जापानको सम्वन्ध चीनसंग चिसिएको छ । ५ ट्रिलियन अमेरिकी डलरको आर्थिक आकार भएका जापानी अर्थतन्त्रले आफ्नो कुल ग्राहयस्त आम्दानीको दुई प्रतिशत हतियार खरीद र सैन्य आधुनिकीकरणमा व्यय गर्ने निर्णय गरेको छ । अर्को शब्दमा भन्ने हो भने ३ ट्रिलियन अमेरीकी डलरको आर्थिक आकार भएका भारतीय अर्थतन्त्रको सैन्य खर्च जत्तिकै जापानको पनि सैन्य बजेट रहेको छ । संसारको तेस्रो अर्थव्यवस्था जापान र संसारको पॉचौ अर्थव्यवस्था भारतले हिन्दमहासागरीय क्षेत्रमा चीन विरुद्धको घेरावन्दीमा आप्mनो सक्रियतालाई बढाएको देखिन्छ ।

चीन भारत सीमा विवाद तरङ्गित भएको खण्डमा नेपाल लगायत दक्षिण एसियाका कमजोर अर्थतन्त्र भएका मुलुकहरू सबभन्दा अधिक प्रभावित हुने कुरालाई नर्कान सक्दैन । यस परिवेशमा राष्ट्रपति सीले देङको पदचापिमा हिन्नु पर्ने आवश्यकक्ता देखिन्छ । देङ र राजीव गान्धीले २१ औं सताब्दीलाई एसियाको सताब्दी बनाउने सपना देखाएता पनि चीन २१ औ सताब्दीलाई चीनिया सताब्दीको रूपमा व्याख्या गरेका छन् । बोर्डर तनाब पनि एक सूचक हो ।



प्रतिक्रिया दिनुहोस्