Logo

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकटेल नियुक्त



हेटौडा, २५ पुष । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेश गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कूल ११० सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ५६ सांसदको समर्थन आवश्य पर्छ । नवनियुक्त मुख्यमन्त्री जमकटेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ , नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदसहित ७० सांसदको समर्थन प्राप्त भएको हो ।

जमकटेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन् । उनी धादिङ १ (२) बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्