Logo

जसपा मधेश प्रदेशसभाको दलको नेतामा सरोज यादव चयन



काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टी, नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । जसपा मधेश प्रदेशले सहमतिमै यादवलाई दलको नेता चयन गरेको हो ।

यसअघि निर्वाचन गर्ने भनिएको थियो । र, दलको नेताको लागि पूर्व मुख्यमन्त्री लालबाबु राउतले पनि उम्मेदवारी दिएका थिए । मधेश प्रदेशसाको सरकारको नेतृत्व जसपाले गर्ने भएको छ । जसपाको दलको नेतामा यादव चयन भएसँगै उनी अब मधेश प्रदेशको मुख्यमन्त्री हुने निश्चित् भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot