Logo

प्रधानमन्त्री कसैको दबाबमा चल्ने संविधानको परिकल्पना होईन : प्रधानमन्त्री दाहाल



काठमार्डौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू संविधानबमोजिम अघि बढ्ने र कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका छन् । सात दल र स्वतन्त्र सांसदहरुको समर्थनमा सरकार बनेकोले प्रधानमन्त्री दाहाल दबाब र प्रभावमा पर्ने हो कि भन्ने चासोप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले साझा कार्यक्रम सरकार सञ्चालनको आधार हुने पनि बताए । ‘हाम्रो सिस्टम, हामीले बनाएको संविधान, संविधानले परिकल्पना गरेको सिस्टममा प्रधानमन्त्री चाहिँ प्रधानमन्त्री नै हुन्छ, उसलाई कसैको प्रभाव, घेरा, दबावमा चल्न हाम्रो संविधानले, हाम्रो ऐन, कानुन र मान्यताले छुट दिएको छैन ।’

फरक प्रसंगमा उनले आफूले जसपाको पनि विश्वासको मत पाउने सुनाए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूलाई विश्वासको मत दिने बताएको उनको भनाई छ । प्रधानमन्त्री दाहालले भोलि संसदमा विश्वासको मत लिँदैछन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot