काठमाडौं, २५ पुष । नेपाल विद्यार्थी संघको नेपाल कमर्स क्याम्पस ईकाई समितिले नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुखले आफ्नो कमजोरीलाई पूर्ण रुपमा ढाकछोप गर्दै राजनीतिक पूर्वाग्रहसहित नेविसंघलाई जोडेर दिएको मिडियाप्रति खेद प्रकट गरेको छ ।
क्याम्पस प्रमुखले वास्तविकतालाई तोडमोड गरी राजनीतिक पूर्वाग्रहसहित अभिव्यक्ति दिएको भन्दै उक्त अभिव्यक्तिको नेविसंघ क्याम्पस ईकाई समितिका उपसभापति रविन्द्र रोकाय रविले ध्यानाकार्षण भएको जनाएका छन् ।
राकोयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकार्षण गराएका हुन् । उनले नेविसंघले लामो समयदेखि क्याम्पसमा भइरहेको विधि र प्रक्रियाविपरितका गतिविधि रोक्न आग्रह गरिरहेको अवस्थामा क्याम्पस प्रशासन मुकदर्शक बनेको आरोप लगाएका छन् ।
नेविसंघ मेरिट लिष्ट बाहिरबाट भर्ना भएको सन्दर्भमा प्रश्न उठाउँदा क्याम्पस प्रमुख अनुत्तरित बनेको पनि उनको दाबी छ । उनले क्याम्पस प्रमुख र प्रशासनको गतिविधिले समग्र विद्यार्थी र क्याम्पसको साख गिरेको पनि टिप्पणी गरेका छन् ।
उनले नेविसंघले उठान गरेका प्रश्नको जवाफ निश्पक्ष छानबिन गरी सम्बोधन गर्न पनि माग गरेका छन् । क्याम्पसमा मौलाएको राजनीतिक गन्धको अन्त्यको लागि चरणबद्ध आन्दोलन गर्ने पनि उनले जानकारी गराएका छन् ।