काठमाडौं, पुस २६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अहिले बिहान तराईका केही भू(भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने छ। आज उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।