Logo

प्रतिनिधिसभा बैठक १ बजेका लागि सर्‍यो



काठमाडौं, २६ पुष । आज (मंगलबार) बिहान ११ बजेका लागि बस्ने भनिएको संसद् बैठक १ बजेका लागि सरेको छ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) अनुसार पुस १० गते दाबी पेश गरेका थिए।

विश्वासको मत दिने-नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ। यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot