Logo

घनश्यामलाई महासचिव बनाउने तयारीमा एकीकृत समाजवादी



काठमाडौं, २६ पुष । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । भुसाललाई पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिने तयारी भएको एक केन्द्रीय सदस्यले बताए ।

पार्टी प्रवेशको छलफलका लागि भुसालले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका थिए । पार्टी प्रवेश चाँडै नै हुने ती नेताले बताए ।

एकीकृत समाजावादीमा प्रवेश गर्दै घनश्याम भूसाल

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot