
काठमाडौं, २१ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला लोकप्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित विगेन नेपालको १०औं वार्षिकोत्सवको अवसरमा पत्रकार धमलालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
नेपाली पत्रकारिता क्षेत्रमा विभिन्न मिडयाको कुशलतापूर्वक नेतृत्व र जनपक्षीय पत्रकारितामार्फत देशलाई पुर्याएको योगदानको कदर गर्दै धमलालाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा कलाकार मदनकृष्ण श्रेष्ठ, गायक मुरलीधर र बहुराष्ट्रिय कम्पनी विगेन मेडिकललाइ मुर्तरुप दिने विगेन मेडिकल कोरियाको संस्थापक एवं ग्लोबल सिईओ चुङ सिन् जा थिए ।






