काठमाडौं, २६ पुष । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।
उक्त दलका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताएका हुन् ।
उनी प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेकोमा असन्तुष्ट छन् ।