Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले जारी गर्‍यो ह्वीप



काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदलाई ह्वीप जारी गरेका हुन् ।

यो सँगै पार्टीको निर्णयप्रति असहमति जनाएका महामन्त्रीद्वय लगायत पाँच जना नेतालाई प्रचण्डलाई विश्वासको मत दिन बाध्यता बनेको छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot