Logo

सभामुखको निर्वाचन माघ ५ गते तोकियो



काठमाडौं, २६ पुष । प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको निर्वाचन माघ ५ गतेको लागि तय भएको जनाए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । संसद् बैठकमा उपस्थित् जम्मा २७० सदस्यमध्ये प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदले विश्वासको प्रस्तावको पक्षमा मत दिएका हुन् । विपक्षमा भने २ मत खसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहीबार विहान ११ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot