Logo

पृथ्वीजयन्तीको अवसरमा आज राप्रपाको चियापान



काठमाडौं, पुस २७ । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा चियापान कार्यक्रम आयोजना गर्दैछ।

भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot