Logo

सुदन किराँतीलाई स्वास्थ्यमन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी



काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । हिजो संसदबाट विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिन खोजेका हुन् । यसको लागि उनले सत्ता साझेदार दलहरुसँग छलफल पनि थालेका छन् । आज गोरखाबाट फर्किएपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बुझिएको छ।

माओवादीबाट क–कसलाई सरकारमा ल्याउने भन्नेबारे जिम्मा पार्टी अध्यक्षलाई दिएकोले प्रचण्ड तयारी अवस्थामा छन् । उनले पार्टीबाट मन्त्री बनाउनेहरुको सूचि तयार पारेको चर्चा छ । यसपटक दाहालले नयाँ अनुहारलाई सरकारमा ल्याउन चाहेका छन् । भोजपुरबाट लगातार तीन पटक चुनाव जितेका सुदन किराँतीलाई महत्वपूर्ण मन्त्रालय दिन चाहेका छन् । किराँतीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने दाहालको तयारी रहेको छ ।

किराँतीले पनि आफूलाई मालदार मन्त्रालय भन्दापनि जनताको लागि प्रत्यक्ष सेवा गर्ने मन्त्रालय दिन आग्रह गरेको बुझिएको छ। स्वास्थ्य मन्त्रालय पाए राम्रो भूमिका निर्वाह गर्नसक्ने देखेर प्रधानमन्त्री दाहालले किराँतीलाई वचन दिएको स्रोतको दाबी छ ।

यद्धपी किराँतीले भने आफूलाई यही मन्त्रालय दिनुपर्छ भनेर कुनै अडान नराखेको बुझिएको छ । सत्ता गठबन्धनमा कुन मन्त्रालय कसको भागमा पर्छ भनेर हेर्न बाँकी नै रहेको बेलामा प्रधानमन्त्री दाहालले भने स्वास्थ्य मन्त्रालय माओवादीकै भागमा पार्न चाहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्